२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भगवति हाइड्रोपावरले बोलायो साधारणसभा

भगवति हाइड्रोपावरले बोलायो साधारणसभा

1.5K
Shares

काठमाडौं – भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कात्तिक २ गते पोखरास्थित आव्या क्लबमा बिहान ११ बजे २५औं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर तिर्न ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, १ जना महिला र स्वतन्त्र सहित सहित ७ जनाको सञ्चालक समिति कायम गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी जारी पूँजी वृद्धि गर्ने, सञ्चालकमा नियुक्ति हुन कम्तीमा १०० कित्ता शेयर लिएको हुनुपर्ने र यसका लागि तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि तय गरिएको छ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसको आधारमा असोज २० गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij