काठमाडौं- सवारी चालक अनुमतिपत्र(लाइसेन्स ) र सवारी दर्ता सम्वन्धी सम्पूर्ण कार्यहरु बन्द भएका छन् ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विभागबाट सञ्चालन भएका सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी भएकाले हाललाई सवारी लाइसेनस र दर्ता सम्वन्धी कार्य बन्द भएको जनाएको छ ।
सर्भरको मर्मत सम्भार गर्ने कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द गर्ने सूचना जारी गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij