काठमाडौं – नेपाली बजारमा आज बुधबार सुनचाँदीको मुल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मुल्य तोलामा १३ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार सुनको मुल्य तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि हालसम्मकै उच्च भएको छ । आज चाँदीको मुल्य २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २७ सय रुपैयाँ कायम भएको छ।
हिजो चाँदीको मुल्य प्रतितोला २६ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij