काठमाडौं- झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्री गरेको थियो। सो शेयरमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा एक कित्ताका दरले बाँडफाँट गरिएको छ। जसअनुसार ६ जना आवेदकले ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
कम्पनीको आइपीओको नतिजा विभिन्न माध्यम तथा वेबसाइट मार्फत हेर्न सकिन्छ। जसमध्ये केही सर्वाधिक प्रयोग हुने वेबसाइट यस प्रकार रहेका छन्। नतिजा सार्वजनिक हुन केही समय लाग्ने बिक्री प्रबन्धकले जनाएको छ।
सिडीएससीको मेरो शेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login
सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट: https://himalayancapital.com/result
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij