२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५८.६३ अकंले बढ्यो, ५ अर्ब २९ करोडको कारोबार

नेप्से ५८.६३ अकंले बढ्यो, ५ अर्ब २९ करोडको कारोबार

845
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.६३ अकंले बढेर २६८२.२५ बिन्दुमा कायम भएको छ । आज २२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । आज सर्वाधिक बढ्नेमा निर्जीवन बीमा कम्पनी रहेको छ । निर्जीवन बीमा समूहको ३.४८ प्रतिशतले बढेको हो । साथै, वाणिज्य बैंक समूहको १.३८ प्रतिशत, विकास बैंक समूहको २.९५ प्रतिशत, फाइनान्स समूहको २.१२ प्रतिशतसहित १३ वटै उपसूचकमा सुधार आएको हो ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनकिो ३८ करोड ६८ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij