२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्यले फेरी बनायो नयाँ रेकर्ड

सुनचाँदीको मुल्यले फेरी बनायो नयाँ रेकर्ड

1.4K
Shares

काठमाडौं – नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सुनको मुल्य तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मुल्य ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २६ सय ८० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो चाँदीको मुल्य प्रतितोला २६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij