२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गद्धारा २५ प्रतिशत लाभांश घोषणा

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गद्धारा २५ प्रतिशत लाभांश घोषणा

1.5K
Shares

काठमाडौं – नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले लाभांश घोषणा गरेको छ । मर्चेन्टको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १०औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२।८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij