२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरणमा क्षति

आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरणमा क्षति

1.5K
Shares
oppo_0

पर्सा- जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारणले आन्तरिक राजस्व कार्यालय वीरगञ्जको भवनबाहेक रु एक करोड मूल्यबराबरका कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको छ ।

गत भदौ २४ गतेको आगजनीका कारण आन्तरिक राजस्व कार्यालयका विभिन्न कोठामा पनि क्षति पुगेको छ । आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रले आन्दोलनका क्रममा करिब एक करोड मूल्य बराबरको कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो ।

“कर सङ्कलन शाखामा पनि सबैभन्दा धेरै क्षति भएको छ”, उहाँले भन्नुभयो, “कार्यालयका कम्प्युटर, प्रिन्र्टसलगायतका विद्युतीय उपकरण आगजनीले जल्नुका साथै लुटपाट पनि भएको छ ।” कार्यालयका अनुसार भवनको तल्लो तलाका रहेका अधिकांश संरचनामा क्षति भएको छ । यसमध्ये एउटा कोठा त सबै जलेर नष्ट भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij