काठमाडौं -विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् । कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले असोज २ गतेदेखि लागु हुने गरि उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
उनी यस अघि कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए। कम्पनीले ४ वर्षको लागि सीइओ नियुक्त गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij