काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। बैंकले २ लाख १२ हजार ८३४.६५ कित्ता संस्थापक शेयर बिक्रीका लागि ल्याएको छ ।
यसअघि बैंकले सो शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकताका साथ बिक्री खुला गरेको थियो। तर तोकिएको अवधिभित्र सबै शेयरका लागि माग नआएपछि बाँकी रहेको हिस्सा अब सर्वसाधारणका लागि उपलब्ध गराइने भएको हो।
बैंकका अनुसार इच्छुक सर्वसाधारण लगानीकर्ताले आगामी १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन्। निवेदन दिने क्रममा आफूले किन्न चाहेको शेयरको संख्यासँगै प्रति कित्ता मूल्य समेत स्पष्ट उल्लेख गर्नुपर्नेछ। यसका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकले बिक्रीमा ल्याएको यो शेयर खरिदका लागि न्यूनतम र अधिकतम कित्ता कति माग गर्न सकिन्छ भन्नेबारे विवरण भने आवेदनपत्र भर्ने क्रममा स्पष्ट हुने बताइएको छ। विकास बैंकहरूले प्रायः पूँजी संरचना सुदृढ गर्न, नयाँ लगानीकर्तालाई आकर्षित गर्न तथा शेयरधनीहरूको विविधीकरणका लागि संस्थापक शेयर बिक्री गर्ने गर्छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij