२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थपक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थपक शेयर बिक्रीमा

1.4K
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १ हजार ३२२ कित्ता शेयर बिक्रीका लागि बैंक समक्ष निवेदन पेश गरेअनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बैंकले शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

शेयरको बिक्रीमूल्य भने शेयर बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ। बैंकले तोकिएको यस समयभित्र बैंकका संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सो शेयर अन्य सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij