२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनआईसी एसिया बैंकका सीइओ न्यौपानेले दिए राजिनामा

एनआईसी एसिया बैंकका सीइओ न्यौपानेले दिए राजिनामा

2.3K
Shares

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार संचालक समितिलाई राजीनामा बुझाएकोमा आज बिहीबार बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।

उनी २०७५ मङ्सिरमा पहिलो पटक बैंकको सीइओ नियुक्त भएका थिए। २०७९ कार्तिकमा बैंकले उनलाई दोस्रो कार्यकालको लागि सीइओ नियुक्त गरेको थियो । बैंकले २०७९ मङ्सिर १५ गतेबाट लागु हुने गरि उनलाई थप ४ वर्षको दोस्रो कार्यकालको लागि सीइओ नियुक्त गरेको थियो।

बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई कायममुकायम सीईओको जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij