२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल ल्यूब आयलद्धारा २१.०५२ प्रतिशत लाभांश घोषणा

नेपाल ल्यूब आयलद्धारा २१.०५२ प्रतिशत लाभांश घोषणा

1.2K
Shares

काठमाडौं– नेपाल ल्यूब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ।असोज १ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले असोज ३१ गते साधारणसभा आह्वान गरेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ देखि असोज ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij