काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज असोज २ गते बिहीबार बिहान ९:३० बजे शेयर बाँडफाँड गरेको हो।
कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म आम सर्वसाधारणलाई १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। जसमा २१ लाख ७५ हजार ८ सय ८८ जनाको आवेदन परेको थियो । जस मध्ये २१ लाख ४३ हजार २ सय ५० जनाको आवेदन मात्र योग्य भएको छ।
मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड भएको छ। जसमा १ लाख ७० हजार १ सय ५० जनाले १० कित्ताको दरलेले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।
कम्पनीले यस अघि नै आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ ।
आईपीओको नतिजा केही बेरपछि https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij