काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४.६७ प्रतिशत नगद लाभांश गरि कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij