२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

असोज महिनाका लागि थप घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

असोज महिनाका लागि थप घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

1.3K
Shares

काठमाडौं– असोज महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएको छ।  वाणिज्य बैंकहरूले असोज महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।  २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने ९ वटाले घटाएका छन्। वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार भदौको तुलनामा असोजमा निक्षेपको ब्याजदर औसत ०.११३५ घटेको हो।

सिटिजन्स इन्टरनेशनल बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, कुमारी बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंकले पनि असोज महिनाका लागि आफ्ना ब्याजदर स्थिर राखेका वा घटाएका छन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंक र लक्ष्मी सनराइज बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर बढाएको निर्णय गरेका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपमा ५.१८ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५.२५ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागत निक्षेपमा भने दुबै बैंकले स्थिर ब्याजदर कायम राखेका छन्।

बैंक भदौको लागि ब्याजदर (प्रतिशत) असोजको लागि ब्याजदर (प्रतिशत)
कृषि विकास बैंक ५.२ ५.०५
एभरेष्ट बैंक ५.७५ ५.२५
नेपाल बैंक ५.४ ५.२५
लक्ष्मी सनराइज बैंक ५.२५
माछापुच्छ्रे बैंक
एनआईसी एसिया बैंक ६.२५
प्रभु बैंक ५.३५ ५.३५
स्टान्डर्ड चार्टड बैंक ५.१३ ५.१८
राष्ट्रिय वाणिज्य बैंक ५.५ ५.५
नबिल बैंक ५.५ ५.५
ग्लोबल आईएमई बैंक
सिद्धार्थ बैंक ५.५ ५.५
प्राइम कमर्सियल बैंक ५.५
कुमारी बैंक ५.२१ ५.०१
सानिमा बैंक ५.७५ ५.२५
हिमालयन बैंक
नेपाल एसबीआई बैंक ५.२५ ५.१८

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij