काठमाडौं – नेपाली बजारमा भदौ ३० गते सोमबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । आईतबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । सोमबारमा चाँदी दुई हजार ५७५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आईतबार चाँदी २ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij