२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जेनजी प्रदर्शनले होटल उद्योगमा २५ अर्बभन्दा बढीको क्षति

जेनजी प्रदर्शनले होटल उद्योगमा २५ अर्बभन्दा बढीको क्षति

1.2K
Shares

काठमाडौं – मंगलबार जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा देशभरका होटल उद्योगमा ठूलो क्षति पुगेको छ। होटल संघ नेपाल (हान) ले दिएको प्रारम्भिक तथ्यांकअनुसार २५ वटा होटल, रिसोर्ट, लज र रेस्टुरेन्टमा तोडफोड तथा आगजनी हुँदा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

हानका अनुसार काठमाडौं र पोखराका होटलहरूमा सबैभन्दा ठूलो असर परेको छ भने भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबासलगायतका स्थानमा पनि होटल तथा रिसोर्टमा क्षति पुगेको छ।

उद्योगमा भएको क्षतिका कारण २ हजारभन्दा बढी कामदार प्रत्यक्ष प्रभावित भएका छन्। संघले भनेको छ, आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका होटलहरू आगामी दशैँ–तिहार र पर्यटकीय सिजनमा सञ्चालनमा आउन नसक्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij