काठमाडौं – नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाले अझै शसक्त ढंगले लगानी गर्ने घोषणा गरेका छन् । गोल्छाले फेसबुकमा लेखेका छन् – “देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् । केहि व्यवसायी माथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।
जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा भदौ २४ गते गोल्छाको निजी आवासमा पनि आक्रमण भएको थियो । गोल्छाको निवास परिसरमा रहेका आधा दर्जन जति सवारी साधनमा आगजनी भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij