ललितपुर- जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु समय थप गरेको छ। स्थानिय प्रशासन ऐन, २०२८ को दफ ६ क बमोजिम ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, वडा नं. २, ४, ९, १८ र २५ भित्रका विभिन्न स्थानहरुमा चारकिल्ला तोकी कर्फ्यु बढाएको हो। यी क्षेत्रहरुमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कर्फ्यु लगाइएको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij