२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जेनजी आन्दोलन : प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या १६ पुग्यो

जेनजी आन्दोलन : प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या १६ पुग्यो

1.5K
Shares

काठमाडौं – जेनजी आन्दोलनमा प्रहेरीले चलाएको गोलीबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ८ पुगेको छ ।सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij