२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – प्रभु बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ९ लाख ३१ हजार ८६० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij