२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकको लाभांश घोषणा

1K
Shares

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको आज आइतबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा वसेको संचालक समितिको बैठकबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन् । यो संगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij