२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगञ्जमा हुन्डाईको आधुनिक शोरूम

वीरगञ्जमा हुन्डाईको आधुनिक शोरूम

1.3K
Shares

काठमाडौं – नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले वीरगंज–११, श्रीपुर, मुर्लीमा नयाँ हुन्डाई शोरूमको औपचारिक उद्घाटन गरेको छ। यस नयाँ शोरूम सञ्चालनमा आएसँगै वीरगंज, सिमरा, कलैया, चन्द्रनिगाहपुर र आसपासका क्षेत्रका ग्राहकले अब नजिकै हुन्डाईका प्रिमियम गाडी र सेवा पाउने भएका छन्।

वीरगंजमा खुलेको यो शोरूम आधुनिक पूर्वाधारसहित निर्माण गरिएको छ, जसले स्थानीय ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने कम्पनीले जनाएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार यो उद्घाटनले हुन्डाईको नेपालभरको उपस्थितिलाई अझै मजबुत पार्नेछ र ग्राहक सेवामा थप सहजता ल्याउनेछ।

हुन्डाई लामो समयदेखि नेपालमा सर्वाधिक विश्वासिलो ब्रान्डका रूपमा स्थापित छ। उच्च गुणस्तर, सुरक्षा र उत्कृष्ट प्रदर्शनका कारण ग्राहकबीच लोकप्रिय बनेको यस ब्रान्डले हालसालै नवलपरासीको रामग्राममा नेपालको पहिलो चार–पाङ्ग्रे गाडी असेंब्ली प्लान्ट सुरु गरी उत्पादन र प्रविधिको क्षेत्रमा नयाँ अध्याय सुरुवात गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij