काठमाडौं – मुक्तिनाथ क्यापिटल लिमिटेडले साधारणसभा आह्वान गरेको छ। क्यापिटलले असोज १० गते साधारणसभा आह्वान गरेको हो। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश् हुने छन् । क्यापिटलले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सभामा पेश हुने प्रस्तावहरुमा १६ औं बार्षिक साधारण सभाका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिबेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिबेदन सहितको २०८२ आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आ. ब. २०८१/०८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ९ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्न पारित गर्ने र आ.व.२०८२/०८३ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij