२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसवाई प्यानलले भदौ २९ बाट आईपीओ निष्काशन गर्ने

एसवाई प्यानलले भदौ २९ बाट आईपीओ निष्काशन गर्ने

1.4K
Shares

काठमाडौं – एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

भदौ १७ गते कम्पनीले सेबोनबाट जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपियाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपियाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असोज १२ गते हुनेछ भने ढिलोमा असोज २७ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा असोज १ गते हुनेछ भने ढिलोमा असोज १२ गते हुनेछ ।

जसमध्ये २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपियाँ बराबरको प्रतिशेयर १०० रुपियाँ दरको २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो शेयरमा चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

साथै ४ करोड ९७ लाख ९ हजार २०० रुपियाँ बराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरका ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij