काठमाडौं – ज्योति क्यापिटल लिमिटेडले साधारणसभा आह्वान गरेको छ। क्यापिटलले असोज १० गते साधारणसभा आह्वान गरेको हो। लाभांश प्रस्ताव पारित गर्न क्यापिटलको वार्षिक साधारणसभा असोज १० गते ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान ९ बजे बस्नेछ ।
ज्योति क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित लेखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको नाफानोक्सान हिसाबत तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ ।
भदौ २० सम्म कायम शेयरधनीले प्रस्तावित लाभांशका साथै सभामा पनि प्रवेश पाउनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij