२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुन्डाई क्रेटा : नेपालमा १० वर्षको सफल यात्रा

हुन्डाई क्रेटा : नेपालमा १० वर्षको सफल यात्रा

1.3K
Shares

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाउँदै छ । सार्वजनिक भएको पहिलो दिनदेखि नै क्रेटा आधुनिक डिजाइन, आरामदायी अनुभव, उच्चस्तरीय सुरक्षा र विश्वासिलो प्रदर्शनका कारण नेपालमा सबैभन्दा रुचाइएको एसयूभी बन्न सफल भएको कम्पनीको दाबी छ ।

विगत एक दशकमा क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट प्रदर्शन मार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा अलग्गै स्थान बनाएको छ । वर्षौंयता विभिन्न मोडल तथा अपग्रेडसहित बजारमा आएको क्रेटाले प्रत्येक पटक प्रदर्शन र शैलीमा नयाँस्तर कायम गरेको छ ।

हालै प्रस्तुत गरिएको क्रेटा ईभीसँगै यस एसयूभीले नवीन प्रविधि, दिगोपन र वातावरणमैत्री यात्रालाई एकैसाथ अघि बढाएको छ । अहिलेसम्मको यात्रामा, क्रेटाले हजारौँ नेपाली परिवारलाई भरपर्दो साथ, गुणस्तरीय अनुभव र विश्वासिलो सेवा प्रदान गर्दै आएको छ ।

हुन्डाई नेपालले सम्पूर्ण ग्राहक, डिलर तथा साझेदारहरूलाई आफ्नो सफलतामा गरेको योगदानका लागि हार्दिक आभार प्रकट गरेको छ । कम्पनीले आगामी दिनहरूमा पनि अत्याधुनिक प्रविधि, विश्वासिलो सेवा र दिगोपनप्रतिको प्रतिबद्धतासहित नेपाली ग्राहकसँगै समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij