काठमाडौं – प्रभु क्यापिटल लिमिटेडले १७ औँ वार्षिक साधारण सभा आब्हान गरेको छ । क्यापिटलको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनिको साधारण सभा असोज १० गते हुने भएको छ । सभा रोयल सिंगी होटल कमलादीमा विहान ९ बजे आयोजना गर्ने जनाएको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको प्रभु क्यापिटलको आर्थिक वर्ष २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचिहरु उपर छलफल गरी पारित छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरिक्षकको सम्बन्धमा र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१/ ८२ वित्तिय विवरणबाट शेयरधनीलाई वितरण गर्ने जम्मा १२.६३१६ प्रतिशत मध्ये हालको चुक्ता पूँजीको ८.६३१६ प्रतिशतले हुने नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।
सभाले सञ्चालक तथा स्वतन्त्र सञ्चालकहरुको नियुक्तिको अनुमोदन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत भएको खर्चको अनुमोदन गर्नेछ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव गर्ने, प्रबन्धपत्र र नियमावलीमा गरिने संशोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij