२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

1K
Shares

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएकाे हाे।

पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज सामान्य घटेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी ताेलाकाे दुई हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबा चाँदी तोलाको दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij