काठमाडौं – नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनेपेमा दसौं डिजिटल वालेटको रूपमा सिटी पे जोडिएको छ। यसले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानी वातावरण निर्माण गर्ने फोनेपेको लक्ष्यलाई थप सुदृढ बनाउने अपेक्षा कमपनीको छ।
यस साझेदारीपछि सिटीपे वालेट प्रयोगकर्ताहरू अब फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्युआर नेटवर्कमा जोडिने भएका छन्।
अब सिटी पेका ग्राहकहरूले देशभर १७ लाखभन्दा बढी व्यापारीक केन्द्रहरूमा भुक्तानी गर्न सक्नेछन्। फोनेपेले हाल ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था जोडेको छ र क्रमशः डिजिटल वालेट पार्टनरहरू पनि थपिरहेको छ।
फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले का सिटीपे एकीकरणले यो नेटवर्कलाई अझ समावेशी र प्रयोगकर्तामैत्री बनाउन मद्दत गर्ने बताए। सिटीपेका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले यो साझेदारीले विशेषगरी रेमिट्यान्स प्राप्त गर्नेहरूलाई सहज र सुरक्षित कारोबार गर्न सहज बनाउने बताएका छन्।
यस महत्वपूर्ण साझेदारीलाई विशेष बनाउन सिटीपेले फोनेपे नेटवर्कमार्फत आफ्ना ग्राहकहरूले गर्ने क्युआर कारोबारमा विशेष पर्व–अभियान घोषणा गरेको छ।
Ncell
२०२५ सेप्टेम्बर २ देखि नोभेम्बर २ सम्म सिटीपे वालेट प्रयोगकर्ताले यो प्लेटफर्ममार्फत कारोबार गर्दा चिट्ठा प्रक्रियामा सहभागी हुन पाउने छन्।
अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुईवटा सामसुङ ब्रान्डको टेलिभिजन प्राप्त गर्नेछन्। विजेताहरू मासिक रूपमा घोषणा गरिनेछन्।
यससँगै, सिटीपेले पाँच सय रूपैयाँ भन्दा माथिको प्रत्येक क्युआर कारोबारमा २० रिवार्ड पोइन्ट प्रदान गर्ने भएको छ। कम्पनीको नीतिअनुसार ग्राहकले यसलाई नगद वा तोकिएको सेवा लिन प्रयोग गर्न सक्नेछन्। सिटीपेको समावेशीकरणले बलियो डिजिटल भुक्तानी प्रणाली निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij