काठमाडौं- एनआईसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रहेको एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई बाँडफाँट भएको छ। सो योजनाको इकाई भदौ १६ गते निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय थापाथली, काठमाडौँमा बाँडफाँट भएको हो।
क्यापिटलले पहिलो चरणमा बीज पूँजी सहित १० रुपैयाँ अंकित दरका ५ करोड इकाई गत साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो। सो निष्काशनमा ८२ हजार ८२८ जना आवेदकहरुबाट कुल.७४ करोड ३ लाख १६ हजार बराबरको इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको क्यापिटलले जानकारी दिएको छ। यो माग गरिएको इकाईभन्दा १.४८ गुणा भन्दा बढी रहेको छ।
एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई पहिलो चरणमा ५ करोड इकाई खरिदको लागि दरखास्त आह्वान गरिएको भएतापनि नेपाल धितोपत्र बोर्डबाट उक्त योजनाको बीज पूँजी सहित १ अर्ब बराबरको १० करोड इकाई बिक्री गर्न स्वीकृत प्राप्त भएको र बोर्डबाट स्वीकृत उक्त योजनाको विवरणपत्रमा समेत अधिकतम बिक्री गर्न सकिने योजनाको इकाई बीज पूँजी सहित १ अर्ब रुपैयाँ भएको हुँदा रितर्पुवक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई प्रचलित “धितोपत्र बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रही लगानीकर्ताहरुलाई माग गरे बमोजिमको इकाई बाँडफाँट गरिएको क्यापिटलले जानकारी दिएको छ।
एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम खुलामुखी योजना रहेको हुँदा उक्त योजनाको इकाई बाँडफाँट भएको मितिले तीन महिना भित्र योजनाको इकाई पुनः खरिद बिक्री तथा एसआईपी, मिनि एसआईपी रजिष्ट्रर गर्न मिल्ने गरी नियमित रुपमा कारोवार सञ्चालनमा ल्याउने योजना रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij