२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज शेयर बजारमा दोहोरो अंकले बढ्यो, ५ अर्ब १० करोडको कारोबार

आज शेयर बजारमा दोहोरो अंकले बढ्यो, ५ अर्ब १० करोडको कारोबार

1K
Shares

काठमाडौं –   साताको दोस्रो कारोबारका दिन आज शेयर बजारमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९१ अकंले बढेर २७६२.७४ बिन्दुमा कायम भएको छ । सोमबार १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०६ कम्पनीको घटेको छ  ।  दुई कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ ।

आज ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ वटा उपसूचकमा सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको १.६२ प्रतिशत, विकास बैंक समूहको ०.७५ प्रतिशत, फाइनान्स समूूहको ०.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij