काठमाडौं – बिगत २ दशक भन्दा बढि समयदेखि नेपाली गीत संगीतमा सक्रिय गायक नारायण थापाको आवाजमा रहेको नया गीत “माया मारि गयौ” सौगात जंग थापा युट्युब च्यानलमार्फत भर्खरै सार्बजनिक भएकोछ।गीतमा पिटर दर्नालको शब्द, बिशाल निरौलाको संगीत/एरेन्ज, रंजन राईको मिक्सिंग मास्टरिंग रहेकोछ भने सुशान्त ढकाल र एलिना गुरुंग लगायतका कलाकारको अभिनय, दिपक गिरीको छायांकन राकेश दाहालको सम्पादन र राजिव समरको निर्देशन रहेकोछ।
पछिल्लो समय गीत रेकर्डिंग मेला महोत्सव लगायत बिभिन्न सांगितिक कार्यक्रमहरुमा ब्यस्त गायक नारायण थापाको अजम्बरी-२०७२,परिवेश-२०७७, र आकर्षण-२०७९ गरि तिनओटा गीति संग्रह सार्बजनिक भैसकेकोछ भने चौथो गीति संग्रह आभुषणका गीतहरुको रेकर्ड्ंग अन्तिम चरणमा पुगेकोछ।लोक पप आधुनिक फिल्मी सबै प्रकारका गीतहरुमा फिट गायक थापाको मायाले, बनैमा फुल्ने,बरपिपल,खतरा हलानि लगायत १ दर्जन गीतहरु बजारमा आउने क्रममा रहेकोछ भने आधा दर्जन भन्दा बढि गीतहरु रेकर्डिंगको क्रममा रहेकोछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij