२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा हिमालयन बैंकको एफपीओ सूचीकृत

नेप्सेमा हिमालयन बैंकको एफपीओ सूचीकृत

1.5K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन बैंकको एफपीओ सूचीकृत भएको छ। आज बैंकको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । कम्पनीले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गरेको थियो।

नेपाल धितोपत्र बोर्डले असार २२ गते बैंकलाई एफपीओ निष्काशनको अनुमति दिएको थियो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा ६९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १६९ रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो। तर बोर्डले बैंकले प्रस्ताव गरेको मूल्यमा १२ रुपैयाँ घटाएर अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij