२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

1.6K
Shares

काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको जनाइएको छ । सो मूल्य आज राती १२ बजेदेखि लागु हुने छ ।

एलपी ग्यास र पेट्रोलको मूल्य भने यथावत राखिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij