काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले विशेष साधारण सभा बोलाएको छ। भाद्र ८ गते बसेको २१ औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षा पछि नाडालाई विधानतः महासंघमा लैजाने निर्णय गर्दै विशेष साधारण सभा आह्वान गरेको हो।
नाडाको विशेष साधारण सभा आगामी भाद्र २४ गते, मङ्गलबार बिहान ११ बजे ललितपुरको झम्सिखेलस्थित द प्लाजामा हुने भएको छ।
संस्थाका अनुसार, यस निर्णयले नाडालाई वास्तविक राष्ट्रिय स्तरको संस्था बनाउँदै आफ्ना सदस्यहरूको हकहितलाई अझ प्रभावकारी ढंगले संरक्षण गर्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij