२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकका ग्राहकहरुलाई बससेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक

सानिमा बैंकका ग्राहकहरुलाई बससेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक

945
Shares

काठमाडौं– सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम रु.२०० सम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम रु.४०० सम्मको क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।
यो योजना २०८२ भाद्र १५ देखि २०८२ फाल्गुन १४ गतेसम्मका लागि लागू हुनेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij