२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पायोनियर मोटोकर्पद्वारा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सुरु

पायोनियर मोटोकर्पद्वारा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सुरु

920
Shares

काठमाडौं – नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विशेष चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ।

यो अभियान जिकर एक्सका लागि लागू हुने छ। दसैं, तिहार तथा छठलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको छ।

यो चाडपर्व अफर अन्तर्गत अब ग्राहकहरूले ८४ लाख ९९ हजार मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन्।

यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्सुरेन्स, १ वर्षको सडक कर र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधाहरू पनि प्राप्त गर्नेछन्। जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन्।

यस चाडपर्व अवधिमा जिकर एक्सलाई सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध हुनेछ। यी सुविधाहरूमा सर्त तथा नियमहरू लागू हुनेछन्। पायोनियर मोटोकर्पले सबै ग्राहकलाई नजिकैको जिकर सोरूम भ्रमण गरी यस अफरको लाभ लिन आग्रह गर्दछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij