२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीस्थित सिपी हस्पिटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीस्थित सिपी हस्पिटलमा छुट

980
Shares

काठमाडौंँ – एनआईसी एशिया बैंकका ग्राहकले धनगढी, कैलालीमा अवस्थित सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

यसका लागि बैंक र सिपी हस्पिटल प्रा।लि।बीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन्।

ग्राहकले ओपीडी, पाथोलोजी, एक्स–रे, अल्ट्रासाउन्ड, एन्डोस्कोपी, कोलोनोस्कोपी, नर्मल बेड, एचडीयु/आइसीयु, एसी क्याबिन, शल्यक्रिया, औषधि तथा सीटी स्क्यान लगायतका सेवामा छुट उपभोग गर्न सक्नेछन्।

सुविधा लिनका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ। त्यस्तै बैंकको मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्दा पनि छुट लागू हुने बैंकले जनाएको छ।

यस सहकार्यले स्वास्थ्य उपचारमा आफ्ना ग्राहकलाई सहजता दिनुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij