काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। बिहीबार रेकर्ड बनाएर कारोबार भएको सुनको मूल्यले यस दिनआजसो रेकर्डलाई ब्रेक गरेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १२ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मुल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको छ। बिहिबार चाँदीको मुल्य तोलामा २३ सय ५५ रुपैयाँमा कारोबा भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij