२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई कोटबारी होटेलान विशेष छुट

नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई कोटबारी होटेलान विशेष छुट

1.6K
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेड र नुवाकोटस्थित कोटबारी होटेल प्रा.लि.बीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा बैंकमा खाता भएका ग्राहकले कोटबारी होटेलको रिसोर्ट सेवामा विशेष छुट पाउने भएका छन् ।

सम्झौता अनुसार रिसोर्टमा उपलब्ध गराइने विभिन्न सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । यसमार्फत बैंकका कर्मचारी तथा ग्राहकले सहज र किफायती रूपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ मा अवस्थित कोटबारी रिसोर्टको सुविधा लिन सक्ने व्यवस्था मिलाइएको छ ।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेल प्रा.लि.का महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij