काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार किा र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता यस दिन नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको शेयर भदौ १५ गते अर्थात आगामी आइतबारदेखि नेप्सेमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एचआईएमएसटीएआर स्टक टिकर प्रदान गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij