२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अरुण काबेली पावरले हकप्रद निष्काशन गर्ने

अरुण काबेली पावरले हकप्रद निष्काशन गर्ने

900
Shares

काठमाडौं -अरुण काबेली पावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज ३ गते साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सभामा विशेष प्रस्ताव अन्तर्गत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ। कम्पनीले काबेली इनर्जी लिमिटेडमा लगानी गर्न हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको सभामा पेश हुने प्रस्तावहरु आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको आ. व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरि पारित गर्ने,  कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व.२०८२/०८३ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने रहेका छन् ।

त्यसैगरी विशेष प्रस्तावमा काबेली इर्नर्जी लिमिटेड कम्पनीको संस्थापक शेयरमा थप लगानी गर्न तथा बैंकको दिर्घकालिन कर्जा आंशिक भुक्तानी गर्न हाल कम्पनीको कायम चुक्ता पूँजीको एक बराबर शून्य दशमलब पाँच शून्य (१ : ०.५०) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने , विभिन्न कम्पनीका संस्थापक शेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरुमा लगानी गर्न स्वीकृती प्रदान गर्ने, कम्पनीको प्रबन्ध पत्रको दफा ४ को उपदफा १ (ज) मा रहेको उद्येश्यमा संशोधन गर्ने, हकप्रद शेयर निष्काशन पश्चात् कम्पनीको पूँजी बृद्धि हुने भएकाले सो प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीका दफाहरुमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले यही भदौ २५ गते बुधबार १ दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा भदौ द्द४ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सो साधारणसभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij