२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

आईसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

995
Shares

काठमाडौं – आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्न स्वीकृति प्राप्त गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासन गर्न भदौ ९ गते स्वीकृति प्राप्त गरेको हो ।

राष्ट्र बैंकले कम्पनीलाई ५० करोड रुपैयाँबराबरको रु. १ हजार अंकित दरका ५ लाख कित्ता भएको ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीको गत साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो । यो ऋणपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij