२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1K
Shares

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ १२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले भदौ २५ गते बुधबार आम्रपाली ब्यान्क्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हालको चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३२ प्रतिशत नगद लाभांश गरि कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij