२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्रीन भेन्चर्सले किन्यो कालीगण्डकी गर्ज हाइड्रोपावरको बहुमत शेयर

ग्रीन भेन्चर्सले किन्यो कालीगण्डकी गर्ज हाइड्रोपावरको बहुमत शेयर

1.8K
Shares

काठमाडौं –  ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको बहुमत शेयर खरिद गरेको छ । ग्रीन भेन्चर्सले हाइड्रोपावरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने सम्बन्धमा भदौ १० मा शेयर खरिद सम्झौता सम्पन्न गरेको जनाएको छ।

कालीगण्डकी गर्ज हाइड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त कालीगण्डकी गर्ज हाइड्रोपावर प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ ।

गत फागुन २२ गते लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र कालीगण्डकी गर्ज हाइड्रोपावरबिच लगानी सम्झौता भएको थियो। सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ ।

सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रूपमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij