२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा झिनो सुधार, ४ अर्ब १८ करोडको कारोबार

शेयर बजारमा झिनो सुधार, ४ अर्ब १८ करोडको कारोबार

1.1K
Shares

काठमाडौं –  आज साताको तेस्रो दिन शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ दशमलव ८३ अंकले बढेर २,७६६ को विन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोडको कारोबार भएको छ ।

मंगलबार ९ उपसूचकमा हरियाली आएको छ भने ४ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.२८ प्रतिशतले शेयर मूल्य बढेको हो ।

यसदिन १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४८ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij