काठमाडौं – ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गतत सञ्चालित ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१’को आर्थिक वर्ष २०८१।८२ को लाभांश घोषणा गरिएको छ।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट त्यस योजनाका इकाइधनीहरुलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई कुल १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँ वितरण गरिने क्यापिटलले जनाएको छ।
लाभांश वितरणार्थ बुक क्लोजको मिति भने पछि प्रकाशन गरिएको क्यापिटलले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij