२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तिजको दर भोजमै सरकारी बजेटको दोहन, अख्तियार मुकर्दशक

तिजको दर भोजमै सरकारी बजेटको दोहन, अख्तियार मुकर्दशक

1.8K
Shares

काठमाडौं – यस वर्षको तिजमा सरकारी बजेटको व्यापक दुरुपयोग भएको खुलासा भएको छ। तीन तहका सरकार अन्तर्गतका विभिन्न कार्यालयहरूले ‘दर खाने’ कार्यक्रमको नाममा होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसमा भोजभतेर गरेका छन्।

विशेष गरी स्थानीय तहमा तिज पर्वको नाममा अस्वाभाविक खर्च भएको खुलेको छ। कतिपय स्थानमा अन्य कार्यक्रमको शीर्षक देखाएर दर भोज आयोजना गरिएको र त्यसका लागि सरकारी कोषबाट लाखौँ रुपैयाँसम्म खर्च भएको बताइन्छ।
सरकारी महिला कर्मचारी पनि कार्यालय समयमा पनि हाजिर गरेर कार्यालय कार्य सम्पादन नगरी दर कार्यक्रममा सहभागी भएका छन् ।

तर यस्तो चरम दुरुपयोग हुँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय सतर्कता केन्द्रले हालसम्म कुनै कदम नचालेको भन्दै प्रश्न उठाइएको छ।

हिन्दू नारीहरूको महान् पर्व तिज विगत केही वर्षयता मौलिक संस्कृतिभन्दा बढी दिखावटीपन, फजुल खर्च र विकृतिले ग्रस्त बन्दै गएको छ। त्यसैगरी व्यक्तिगत तथा संस्थागत स्तरमा पनि तिज पर्वलाई प्रतिस्पर्धात्मक खर्च र प्रदर्शनको माध्यम बनाइँदै गएको भन्दै समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। परम्परागत रूपमा आस्था, व्रत र आत्मसंयमसँग जोडिएको यो पर्व आजभोलि फजुल खर्च, दिखावटी रहनसहन र भड्किलो कार्यक्रममा सीमित भइरहेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij